कान नसुन्नेलाई कफी तालिम

भक्तपुर, २७ भदौ । भक्तपुरका बहिराहरुलाई कफी बनाउने तालिमको आयोजना गरिएको छ । समाजका फरक किसिमका क्षमता भएका वर्गमा परेका बहिराहरुलाई आत्मनिर्भर बनाउनका लागि सहयोग गर्न रोटरी क्लब भक्तपुरले सो तालिमको आयोजना गरेको हो ।

रोटरी क्लब अफ भक्तपुरले बहिराहरुलाई कफी बनाउने तरिका र सीप प्रदान गर्न फाउण्ड प्रोजेक्टसँग सहकार्य गरी १५ दिनको बरिष्टा तालिम सुरु गरेको जनाएको छ ।

क्लबका प्रेसिडेन्ट विनिता हाडाले सीपले नै व्यक्तिलाई आत्मनिर्भर बन्न सघाउने बताउँदै समाजमा पछाडि परेका वर्गका रुपमा रहेका बहिराहरुलाई सीपमार्फत् दक्ष बनाउने उद्देश्यले तालिम सुरु गरेको जनाइन् । उनले सो तालिम पूर्ण रुपमा निःशुल्क गरिएको जानकारी दिइन् ।

‘अहिले सबैतिर कफी कल्चर विकास भइरहेको छ, यसले कफी बनाउने जनशक्ति अभाव छ, त्यो अभावलाई पूर्ति गर्नुका लागि पनि यो तालिम सुरु गरेका छौं’, प्रेसिडेन्ट हाडाले भनिन्, ‘यो तालिमले बहिराहरुले रोजगारीको अवसर पनि पाउँछन् र कतिपयले आफै पनि व्यवसाय गर्न सक्छन् ।’

उनले भक्तपुरमै बहिराहरुले कफी शप सञ्चालन गरिरहेको उदाहरण दिँदै दक्ष बनाउनका लागि सीपको जरुरीलाई महशुस गरी सो तालिम आयोजना गरिएको बताइन् ।

सो तालिमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि एवम् एसिस्टेन्ट गर्भनर रोटरियन ग्रोभन तौजलेले गरेका थिए । सो अवसरमा उनले रोटरी क्लब अफ भक्तपुरको सो तालिम सराहनीय र उदाहरणीय रहेको भन्दै प्रशंसा गरे ।

सो तालिममा भक्तपुरका विभिन्न क्षेत्रका १० जना बहिराहरुको सहभागिता रहेको छ । तालिमको उद्घाटनमा फाउण्ड प्रोजेक्टका व्यवस्थापक शिवकुमार श्रेष्ठ र रेजी बुढाथोकीलगायतले तालिमको महत्वबारे चर्चा गरेका थिए ।

सो तालिमले बहिराहरुलाई प्रत्यक्ष लाभ पुग्ने भक्तपुर बहिरा संघका अध्यक्ष जयराम पकानेवारले बताए । उनले तालिममा स्नातक अध्ययन सकाएर पनि रोजगारी नपाएकाहरुको समेत सहभागिता रहेको जनाउँदै तालिमले रोजगारी सिर्जना गर्न सहयोग पुग्ने बताए । उनले बहिराहरुको क्षमता र दक्षता वृद्धिका लागि रोटरी क्लब अफ भक्तपुरको पहललाई धन्यवाद समेत दिए ।

कार्यक्रममा वरिष्टा कफी तालिमका प्रशिक्षक सुनिल फाँजू रोटरियन हरिश्याम श्रेष्ठ तथा दोभाषे टिकाराम लामिछानेलगायतले तालिमको महत्व र उपादेयताबारे चर्चा गरेका थिए ।

आयोजक क्लबका अनुसार सो तालिम भक्तपुरको रामदेवी कम्प्लेक्सस्थित विन्स द कफी शपमा हुनेछ । तालिमअन्तर्गत ७ दिन प्रशिक्षण र ७ दिन अन द जब ट्रेनिङ राखिएको छ ।

3 thoughts on “कान नसुन्नेलाई कफी तालिम”

  1. This is the best tour on the east coast! It was amazing how many places we visited and what great memories we made!

  2. This was not our first time going to here. It is a great place to shop not too far from New York. We took the bus from Port Authority and traveled through the countryside to get there.

  3. We always stay at here when in town. The location is great, staff is wonderful and we love the overall feel. Beautiful view from the here.

  4. excellent put up, very informative. I’m wondering why the other specialists of this
    sector do not realize this. You should continue your writing.

    I am confident, you have a huge readers’ base already!

Add a Comment

Your email address will not be published.

All Categories

Get Free Consultations

SPECIAL ADVISORS
Quis autem vel eum iure repreh ende